+

प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

२०७६ मंसिर  १ गते १४:१२ २०७६ मंसिर १ गते १४:१२
प्रधानमन्त्री ओलीसँग सचिन तेन्दुलकरले गरे भेट

१ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका प्रख्यात भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । ओलीलाई भेट्न तेन्दुलकर आइतबार बालुवाटार पुगेका थिए ।

युनिसेफको ब्रान्ड एम्बेसडरका रुपमा तेन्दुलकर अस्ति (शुक्रबार) नेपाल आएका हुन् । उनले शनिबाबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाहरुसँग क्रिकेट पनि खेलेका थिए । आज बिहान उनी पशुपति मन्दिर दर्शन गर्न पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा तेन्दुलकरले बालबालिकाहरुको कल्याण र अधिकार प्रवर्द्धनमा नेपाल सरकारले गरेको प्रयासको सह्राहना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय