+
+
Shares

संघीयताले मुलुक बलियो बनाउँछ : मुख्यमन्त्री पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १९:४९

१ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नहुने बताएका छन् ।

‘प्रदेशको ढाँचा र अधिकार हुँदै नभए त्यो संघीयता नै होइन,’ बुद्ध जन्मस्थलीमा लुम्बिनी न्युज फेस्टिवल २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल भने, ‘संघीयताले नै मुलुक बलियो बनाउँछ ।’

संघीयताको बिषयमा मुलुकमा अझैपनि गलत सन्देश दिने कोशिष भैरहेको भन्दै उनले सकारात्मक विचारका साथमा अघि बढ्न उनको आग्रह छ । देश विकासको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

सूचना प्रविधिलाई अवसरको रुपमा बदल्ने गरी अबको ध्यान केन्द्रीत हुनुपर्ने उनले बताए । ‘पोखरेलले अबको पत्रकारिता द्विविधामा रहनुपर्ने अवस्था छैन, अधिकार विहीन नागरिकहरु समृद्धिको आधार बन्न सक्दैनन्, अबको अभियान भनेको समद्धिको अभियान हो ।’ उनले भने ।
उनले लुम्बिनी, लुम्बिनी क्षेत्रको लागि मात्रै नभएको भन्दै विश्वभरका मानिसहरुको लागि लुम्बिनी साझा शान्तिको थलो समेत भएको बताए ।

अहिले लोकतन्त्र स्थापित भैसकेको अवस्थामा सबैभन्दा पहिलो अभियान नै राज्य बलियो हुनको लागि नागरिक समाजको आवश्यकता रहेको बताए । सञ्चार क्षेत्रले सकारात्मक चेतना वृद्धि गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी नै ज्ञानको भूमि

उनले लुम्बिनी नै ज्ञानको भूमि भएको बताए । यहाको ज्ञानकै कारण बुद्ध बुद्ध बनेको भन्दै उनले बुद्धजन्मस्थली नै बुद्धिज्मको मूल आधार समेत भएको प्रष्ट पारे । बुद्ध भन्दा पहिला ३ वटा बुद्ध जन्माउने भुमी नै अहिलेको लुम्बिनी क्षेत्र रहेको उनको भनाइ छ ।
समाचारका केन्द्र भनेको प्रदेश नै

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संघीयता अव तल आउदै छ भन्ने सन्देश लुम्बिनी न्यूज फेष्टीवलले गरेको बताए । ‘अव समाचारका केन्द्र भनेको स्थानीय तह, गाउ घर नै हुन् ,संघीयता अव गाउघरमा आयो भन्ने सन्देश नै यो अभियाने दिएको छ ।’ उनले भने ।

सञ्चार क्षेत्र अलमलम परेको भन्दै अव नेपाली मिडियाको मिसन सुरुवात हुनुपर्ने बताए ।उनले भने अव हाम्रो मिसन भनेको आर्थिक समृद्धि र विकास नै हो, यसमा पत्रकारितालाई जाड्न सकिएन भने अलममा परिन्छ ।

लुम्बिनीमा न्युज फेष्टिवल सुरु

लुम्बिनीमा लुम्बिनी प्रेस क्लवको आयोजनामा लुम्बिनीमा न्युज फेष्टिवल सुरु भएको हो । देशभरका पत्रकारहरुको सहभागीता रहेको न्युज फेष्टिवल नेपालमै पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्विनी प्रेस क्लवका सल्लाहकार तथा कार्यक्रम संयोजक दिपेन्द्र वडुवालले पत्रकारिताको पुलको काम गर्न लागेको जानकारी गराए । उनले बुद्ध सक्रिट र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण बर्ष र नेपाल पर्यटन भ्रमण बर्षलाई समेत सघाउ गर्नेृ गरी अभियानको रुपमा न्युज फेष्टीवल आयोजना गरिएको बताए । उनले यसलाई ब्रान्डको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी गराए । कार्यक्रममा लुम्बिनी प्रेस क्लवका अध्यक्ष दिपेश पछाइको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेश केसी महासचिव सम्झना शर्मा लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?