Comments Add Comment

नेकपा प्रवास समन्वय कमिटीको इञ्चार्जमा पाण्डे, अध्यक्षमा चौलागाईं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको  हो ।

बैठके इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको छ ।

तत्कालीन एमाले र माओवादीले यसअघि भारत प्रवाससहित युरोप, अमेरिका र मध्यपूर्वमा अलग-अलग प्रवास कमिटी बनाउने गरेका थिए । तर, अब नेकपाले प्रवासमा पार्टीका छुट्टै कमिटी गठन गर्ने छैन ।

प्रवासमा पार्टीका शुभेच्छुक संगठनहरुको समन्वय गर्न एउटै मात्र प्रवास कमिटी गठन गर्ने निर्णय भएको नेकपा स्रोतले जनाएको छ । प्रवास इन्चार्ज विन्दा पाण्डे यसअघि पनि सोही जिम्मेवारीमा थिइन् ।

सहइन्चार्ज लक्ष्मण पन्त पूर्वमाओवादीका हुन् । अध्यक्ष चौलागाई यसअघि तत्कालीन माओवादीको विदेश विभागका सचिव थिए । सचिव श्रीप्रसाद साह तत्कालीन एमालेका मध्यपूर्व इन्चार्ज थिए । उनीहरु सबै केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment