Comments Add Comment

समाजवादी पार्टीका उम्मेदवार भन्छन् : कास्की २ मा आँशुको राजनीति गर्न खोजियो

१ मंसिर, पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ बाट समाजवादी पार्टीका उम्मेदवार रहेका धर्मराज गुरुङले आइतबार पोखरा–१५ रामबजार क्षेत्रमा घरदैलो गरे ।

उनले सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले जनताको आकांक्षा र समाजको आवश्यकतालाई पूरा गर्न नसक्ने भन्दै आफ्ना लागि  भोट मागे ।

‘सरकार भ्रष्टाचार र अराजकतामा रमाइरहेको छ । जनताका आवश्यकता दुई तिहाईको छाँयामा परेको छ,’ गुरुङले भने, ‘लामो समय शासन गरेको कांग्रेसले पनि जनताको आवाजलाई उठाउन नसकिरहेका बेला समाजवादी पार्टी ती सबै आवश्यकतालाई जोड्ने गरी चुनावी मैदानमा होमिएको छ ।’

नेकपाप्रति अहिले चरम वितृष्णा रहेको बताउँदै गुरुङले तराई, मधेस, हिमाल पहाड जोड्ने अभियानमा रहेको पार्टी समाजवादीप्रति जनताको आशा र भरोसा जोडिएको बताए । नेकपाका कारण सिंगो राजनीतिप्रति नै वितृष्णा जागेको उम्मेदवार गुरुङको भनाइ थियो ।

‘नेकपा सरकार एकपछि अर्को काण्डमा फस्यो । हत्या र बलात्कारका दोषीलाई पक्राउ गर्नै सकेन । अहिले आँसुको राजनीति गर्न खोजिरहेको छ’ गुरुङले भने, ‘भ्रष्टाचारले पिल्सिएका जनताले यसपटक नेकपालाई पाठ सिकाउने छन् ।’

नेकपालगायतका दलहरुले सहानुभूति र आँसुको राजनीति गर्न खोजिरहेको बताउँदै गुरुङले समाजवादीले जनताका एजेण्डाका साथ चुनावी अभियान गरिरहेको बताए । ‘संवेदना खिच्ने र सहानुभूति बटुल्ने गरी अरु दलले चुनावको प्रचार गरिरहेका छन् । जनताले संवेदना होइन, एजेण्डा हेर्छन्,’ उनले भने ।

यो क्षेत्रमा नेकपाबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेल उम्मेदवार छन् ।

संसदमा जनताको आवाज उठाउन निरन्तर लाग्ने बताउँदै गुरुङले आफ्नो अनुभव र सीप व्यवस्थित पोखरा निर्माणमा लगाउने जनतासामु प्रतिवद्धता गरे । ‘लामो समय युनाइटेड नेसन (युएन) मा काम गरें । १ सय ८५ देशका व्यक्तिसँग काम गर्दा विकास र सुशासनलाई नजिकबाट नियालेको छु,’ गुरुङले भने, ‘अब त्यो अनुभव र सीप पोखरामै लगाउने प्रतिवद्धतासहित जनताको घरदैलोमा आएको छु ।’

भ्रष्टाचार र लोभलालचमा लाग्नेविरुद्ध खबरदारी गर्न र जनताको असली आवाज संसद पु¥याउन आफूले उम्मेदवारी दिएको बताउँदा स्थानीयले फूलमाला र हौसलासहित शुभकामना दिए ।

रामबजारको घरदैलोमा पुग्दा धर्मराजलाई साथ दिने स्थानीयले बचन दिए । जनताको विश्वासमाथि अहिल्यै घात नगर्ने बताउँदै मतदातासामु धर्मराजको आग्रह छ, ‘हिजो जसलाई भोट हाल्नुभयो, उसले जनताको पक्षमा के गरे हेर्नुहोस् । हिजो गरेको गल्ती आज सच्याउने बेला हो ।’

ठूला आश्वासन होइन, काम गरेर देखाउन चुनावी मैदानमा होमिएको बताउँदै इन्जिनियर धर्मराजले मतदातालाई भनेका छन् ।

आइतबार र सोमबार समाजवादीले वडा नम्बर १५ मै घरदैलो गर्ने छ । मंसिर ८ गते पोखरामा समाजवादीका शीर्ष नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई लगायतको उपस्थितिमा सभा आयोजना हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment