Comments Add Comment

मेडिकल कलेजहरुले ठगेका छन्, रकम फिर्ता गराउँछौं : प्रधानमन्त्री

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताएका छन् । ठगी गर्नेलाई कारवाही गर्ने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको बताए । ‘कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भन्दैछन्, नेकपाको सरकार त अहिले आयो । त्यसअघि करोडसम्म उठाएका थिए, हामी त्यो फिर्ता गराउन खोजिरहेका छौं’ ओलीले भने ।

उनले अघि भने, ‘सरकारमाथि आरोप लगाउनेहरुप्रति बिचरा भन्न मन लाग्छ, दया लाग्छ ।

मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्रीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने बताए । उनले भने, ‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ । पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ ।

मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि बताए ।

मेडिकल कलेज सन्चालकले कलेज चलाउन सकिँदैन भनेको स्मरण गद प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुको नाफा कति छ ? भर्खर खुलेका मेडिकल कलेजले समेत अकुत नाफा लिएका छन् । विद्यार्थीलाई भैंसी जसरी तान्ने प्रवृति देखिएको छ । हामी स्वच्छता र पारदर्शीताको पक्षमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment