Comments Add Comment

प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै माथिल्लो त्रिशूली थ्री-एको उद्घाटन

माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर गरेका हुन् ।

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरे ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment