Comments Add Comment

‘ह्याप्पी बर्थ डे’ साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै एउटा उचाई प्राप्त गरेकी नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । उनलाई उनको परिवारले मध्यरातमा नै केक काटेर जन्मदिनको शुभकामना दिएको थियो । साम्राज्ञीकी आमा नेहा आरएल शाह, प्रेमी देवांशु राणा, चलचित्रकर्मी बाबुराम दाहाल लगायत साम्राज्ञीको जन्मदिन सेलिव्रेशनमा साथमा थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘ड्रिम्स’बाट उदाएकी साम्राज्ञीले पहिलो चलचित्रबाट नै सफलता प्राप्त गरिन् । यसपछि उनको ‘ए मेरो हजुर २’ पनि बक्स अफिसमा हिट भयो ।

यसपछि भने साम्राज्ञीलाई लिएर चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढ्यो । साम्राज्ञीले अभिनय गरेका ‘तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा, मारुनी, रातो टिका निधारमा’ रिलिज भैसकेका छन् ।

पछिल्लो समय बक्स अफिसमा चलचित्र असफल हुँदा साम्राज्ञीलाई समस्या भैरहेको छ । साम्राज्ञी चलचित्रसँगै विभिन्न समयमा तस्वीरका कारण पनि चर्चामा आउने गर्छिन् । कहिले संवेदनशिल अंग तल खिचिएको ट्याटु होस् या कहिले प्रेमीसँगको तस्वीरले उनलाई विवादमा ल्याउने गरेको छ ।

साम्राज्ञी अब निर्देशक हेमराज वीसीको चलचित्रमा काम गर्ने तयारीमा छिन् । आफ्नो जिन्दगीको विशेष दिन मनाइरहेकी साम्राज्ञीलाई हाम्रो तर्फबाट पनि ‘ह्याप्पी बर्थ डे’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment