+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवाला मदन प्रसाद गुप्ताविरुद्ध भ्रष्टचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १७:२५

२ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन फाँटवालाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

अनुसन्धानको क्रममा मालपोतका तत्कालिन फाँटवाला मदन प्रसाद गुप्ताले ७७ लाख ८६ हजार ८ सय १६ रुपैयाँ राजश्व रकम हिनामिना गरेको पाइएकोले उक्त रकम बराबरको विगो कायम गरी उनीविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

फाँटवाला गुप्ताले आ.व. ०७०/०७१ को रजिष्ट्रेशन फाँट “ख” मा लिखित पास गर्दा लाभकर नलिएको, एउटै नम्वर राखी विभिन्न रजिष्ट्रेशन पास गरेको, लिखित रजिष्ट्रेशनमा भएको थैली रकम घटाई कम मूल्यको थैली कायम गरी राजश्व रकम हिनामिना गरेको तथा महत्वपूर्ण सरकारी अभिलेख कागजात र प्रमाणहरू नष्ट गरेको प्रमाण भेटिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?