Comments Add Comment

टोटनह्यामका प्रशिक्षक पोचेटिनो बर्खास्त

काठमाडौं । इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको छ ।

२०१४ मा प्रशिक्षक बनेका उनले गत सिजन क्बललाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए । तर यो सिजन प्रिमियर लिगमा खराब प्रदर्शन गरेको टोटनह्याम १४ औं स्थानमा छ ।

क्लबका अध्यक्ष ड्यानियल लेवीले भनेका छन्, हामी यो परिर्वतनका लागि अनिच्छुक थियौं । यो बोर्डले कुनै हतारमा लिएको निर्णय होइन ।

गत सिजनको अन्त्यमा र यो सिजनको सुरुवातमा घरेलु लिगका नजिता निकै निराशाजनक रह्यो, उनले अघि भने ।

पोचेटिनो र उनको कोचिङ स्टाफसँग निकै यादगार क्षणहरु रहेको चर्चा गर्दै लेवीले क्लबको हितलाई हेरेर यो निर्णय लिएको बताएका छन् ।

अब टोटनह्यामको प्रशिक्षकमा जोजे माउरिन्हो आउने सम्भावना छ । म्याचेष्टर युनाइटेडबाट बर्खास्त भएपनि उनी क्लबबिहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment