+
+
Shares

नारिता उडानका लागि निगमले गर्‍यो ग्राउण्ड हृयाण्डिलिङ सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १७:१२

४ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडानको पूर्वतयारी पूरा गरेको छ । मंगलबार नारिता विमानस्थलमा ग्राउण्ड हृयाण्डिलिङ सम्बन्धी एजेन्सीसँग सम्झौता भएसँगै अब नारिता उडानपूर्व आवश्यक तयारीको पाटो सम्पन्न भएको हो ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले भने, ‘अब हामी छिट्टै उडानको मिति सार्वजनिक गर्छौं ।’

उनका अनुसार अब जापानकै अर्को शहर ओशाका र नारितामा कति उडान गर्ने भन्ने निक्र्यौलमा पुगी उडानको मिति सार्वजनिक गरिनेछ । ‘अब नेपाल एयरलाइन्सलाई नारिताको ढोका खुल्यो, आन्तरिक तयारी सकेर निकट भविष्यमा उडानको मिति तोक्छौं,’ उनले भने ।

गत अगष्टबाट नेपाल एयरलाइन्सले जापानको ओशाकामा उडान गरिरहेको छ । नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो ।

यस विमानस्थलमा उडान शुरु गरेपछि नेपाली यात्रुसँगै जापानका पर्यटकको नेपाल आगमन पनि बढ्ने अपेक्षा निगमको छ । ओशाकाको प्रारम्भिक उडानमा न्यून देखिएको यात्रुको चाप अहिले बढेको निगको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?