+
+
Shares

एनआईसीको प्रष्ट्यायो सुपर चमत्कारिक योजनाबारे

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ४ गते १८:४५

४ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बिषयका समाचारप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराएको छ ।

आम जनमासहरुलाई सजिलो बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको बैंकको भनाइ छ ।

रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिन्छ ।

रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिलादेखि नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन ।

बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्र्तगत उक्त ‘सुपर चमत्कारिक  मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्  ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?