Comments Add Comment

वडाको चुनाव : पोष्टर च्याताच्यात र झडप

५ मंसिर, रामेछाप । आगामी मंसिर १४ गते हुने वडानम्बर ५ को वडाध्यक्ष पदका लागि राजनीति दलले चुनाव प्रचारप्रसार तीव्र पारेका छन् ।

वडाकै चुनाव भए पनि राजनीतिक दलहरुले पोष्टर, पम्प्लेट टाँस्ने, झण्डा राखेर मतदाताको घरदैलो गरेका छन् ।

नेकपा, नेपाली काँग्रेस, समाजवादी नेपाल पार्टी र राप्रपा संयुक्तका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

निर्वाचनमा प्रमुख प्रतिस्पर्धा भने नेकपा र नेपाली काँग्रेसका उम्मेदवार बीच हुने अनुमान छ । नेकपाले कुलबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले सावित्री सुनुवारलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

यसै बीच जिल्ला सदरमुकाम मन्थलीबाट सबैभन्दा दुर्गममा रहेको गाउँपालिकामा हुने चुनावको सुरक्षा अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीसहितको सुरक्षा समितिको टोली प्रिति पुगेको छ ।

पत्रकार सहित पुगेको टोलीले जनप्रतिनिधिहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाको बारेमा छफल गरको थियो ।

छलफलको क्रममा नेपाली काँग्रेसका पालिका सभापति हेमराज सुनुवारले आफ्नो पार्टीका उम्मेदवारको प्रचारको लागि टाँसिएको पोष्टर च्यातिएको आरोप लगाए ।

त्यस्तै नेकपाका प्रतिनिधि प्रविनकुमार सनुवारले भने नेपाली काँग्रेसले ठाउँठाउँमा झडपको अवस्था सिर्जना गरेको आरोप लगाए ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष उर्मिला कार्कीले भने सो वडाको निर्वाचन देश भरिकै नमूना र शान्तिपूर्ण निर्वाच होस भन्ने चाहेको बताए ।

छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले सहज तरिकाले मतदान गर्ने वातावरण निर्माण गरी सो वडाको निर्वाचनलाई नमूना निर्वाचन बनाउने बताइन् ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराई सुरक्षा व्यवस्था अत्यन्त मजवुत बनाइएकोले निस्पक्ष मतदान हुने बताए ।

उनले अहिले सो वडाका हरेक मतदातालाई समेत सुरक्षा दिन प्रहरी सक्षम रहेको बताए । तर स्थानीय सानातिना समस्या स्थानीय स्तरमा नै बसेर मिलाउन उनले आग्रह गरे ।

यो वडामा गएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । उनको मृतयु भएपछि उपचुनाव हुन लागेको हो ।

– नवराज पथिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment