Comments Add Comment

मल्टिप्लेक्समा कस्तो छ आर्यनको ‘च च हुई’को उपस्थिती ?

भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘च च हुई’को व्यापारलाई लिएर सिंगो चलचित्र क्षेत्र नै आँखा दौडाइरहेको छ । कारण, करिब एक महिनादेखि हलमा दर्शकको उपस्थिती न्यून हुनु, तिहारपछि रिलिज भएका चलचित्रले गतिलो व्यापार नगर्नु आदि छन् । यसमा पनि नायक आर्यन सिग्देलको चलचित्रले दर्शकलाई हलसम्म कती तान्ला भन्ने अनुमान पनि लगाउन थालिएको छ ।

साम्तेन भुटिया निर्देशित यो चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगरको मुख्य भूमिका छ । चलचित्रले मल्टिप्लेक्स हलमा औषत शो पाएको छ । चलचित्रले पाएको शोलाई उत्साहजनक भन्न मिल्दैन ।

देशकै सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले काठमाण्डौमा यो चलचित्रलाई २ शोज मात्र दिएको छ । भक्तपुरमा २ शो र ललितपुरमा १ शो दिइएको छ । चलचित्रले उपत्यकामा जम्मा ५ शो पाएको छ ।
चलचित्रले राम्रो कमाई गर्नका लागि वर्थ अफ माउथ नै बलियो हुनुपर्ने देखिएको छ ।

हलिउड र बलिउड चलचित्रका कारण यो चलचित्रको शोज बाँडफाँडमा असर परेको देखिएको छ । बलिउडमा समेत खासै चर्चा नभएको ‘पागलपन्थी’ नामक चलचित्रलाई क्यूएफएक्सले सर्वाधिक शोज उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment