Comments Add Comment

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप गर्दिन : कृषिमन्त्री भुसाल

५ मंसिर, काठामाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले कर्मचारीको सरुवा, बढुवालगायतका काममा हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताएका हुन् । ‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

मन्त्री भुसालले आफूलाई मन पर्ने भएकाले कृषि मन्त्रालय राजेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुलुकको सबैभन्दा प्राथमिकताप्राप्त मन्त्रालय हो तपाईले जिम्मेवारी लिइदिनुस् भन्नुभएको थियो’ उनले भने । मन्त्री भुसालले आफूले विगत लामो समयदेखि बुर्जुवा श्रमबाट माथि उठ्ने विषयमा वकालत गर्दै आएको र अहिले काम गर्ने अवसर आएको बताए ।

पदभार ग्रहण गर्ने दिन पहिलो निर्णयमा हस्ताक्षर गर्ने प्रचलन मन्त्री भुसालले तोडेका छन् । मन्त्री भुसाललाई मन्त्रालयमै पुगेर निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले अंकमाल गरेर बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment