+
+
Shares

कृषि मन्त्रालयमा नवनियुक्त र निवर्तमान मन्त्रीको अंकमाल

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ मंसिर ५ गते १२:४१
नवनियुक्त मन्त्री घनश्याम भुसाललाई बधाई दिँदै निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

५ मंसिर, काठमाडौं । नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदभार ग्रहण गर्दा निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले बधाई दिएका छन् ।

भुसाल मन्त्रालयमा पुगेको केहीबेरपछि पुगेका खनालले हात मिलाएर र अंकमाल गरेर बधाई दिएका हुन् ।

मन्त्री भुसालले खनाल समक्ष ‘तपाईं‌ले छाडेर गएका अधुरा आयोजना पूरा गर्छु’ भन्दै प्रतिवद्धता व्यक्त गरे । ‘कामको जस दुबै जना मिलेर लिनुपर्छ, उनले भने । आफूले केही समय सिक्नेसमेत उनले बताए ।

नवनियुक्त मन्त्रीको स्वागत गर्न कर्मचारीहरु भर्‍याङसम्म लामवद्ध भई बसेका थिए ।

परम्परागत कृषि श्रमलाई उकास्ने प्रयत्न गर्छु : कृषि मन्त्री

कृषि मन्त्री घनश्याम भुसालले परम्परागत कृषि श्रमको स्तर माथि उठाएर व्यवसायिक कृषिको विकासमा केन्द्रित हुने बताएका छन् ।

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफू डर र प्रलोभनबाट समेत प्रभावित नभई काम गर्ने बताए । ‘म दुईवटा कुराबाट डराउने छैन,  एउटा डर र अर्को प्रलोभन’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?