+
+

अर्जुन र मेहरको डिभोर्स, २ छोरी आमासँगै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १४:१४

बिहे भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो ।

न्यायधिसले दुई छोरी माहिका र मायारलाई जेसिकासँग नै बस्नका लागि अनुमती दिएका छन् । अर्जुन रामपाल पछिल्लो केही समयदेखि अफ्रिकन मोडल ग्रेविएलाको साथमा प्रेम सम्बन्धमा छन् । उनीहरुले अहिलेसम्म बिहे गरेका छैनन् । तर, उनीहरुले सन्तानलाई जन्म दिएका छन् ।

मेहर र अर्जुनले सन् १९९८ मा बिहे गरेका थिए । बिहे गरेको लामो समयसम्म उनीहरु एकसाथ मिलेर बसेका थिए । तर, अर्जुन बाहिरी यूवतीसँग प्रेम सम्बन्धमा भएपछि उनीहरुविच खटपट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?