Comments Add Comment

शर्मामाथि हातपात गर्नेलाई कारबाही गर : वीरगञ्ज उद्योग वाणिज्य संघ

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको विरोध गरेको छ । बुधबार भएको घटनाको भत्र्सना गर्दै संघले बिहीबार प्रेस विज्ञप्ती जारी गरेको हो ।

शर्मामाथि सार्वजनिक स्थलमै नगर सभागृहका सञ्चालक भोला साह कलवारले हातपात गरेको घटनाप्रति वीरगञ्ज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

‘निवर्तमन अध्यक्ष शर्मा प्रभात भ्रमणपछि वीरगञ्जको आदर्शनगरस्थित बब्लु टि स्टलमा चिया खाइरहेको बेला भोला साह कलवारले अनावश्यक विवाद गर्दै गालीगलौज गरी निज उपर हातपात गरेको कार्य अमयार्दित र आपराधिक प्रकृतिको रहेको संघको ठहर छ ।’ विज्ञप्तीमा भनिएको छ ।

घटनाले शान्ति सुरक्षाप्रति सर्वसाधारणमा भयावह अवस्था सिर्जना गरेको भन्दै विज्ञप्ती मार्फत संघले गालीगलौज तथा हातपातमा संलग्न व्यक्तिहरु उपर कानूनी कारबाही गर्न माग गरिएको छ ।

बुधबार बिहान कांग्रेस नगर सभापति समेत रहेका कलवार र शर्माबीच सुरुमा विवाद मात्रै भएको थियो । त्यसपछि आक्रोशमा आएका कलवारले थप मानिसहरु बोलाएर आक्रमणमा उत्रिएका थिए । कलवार आइलागेपछि शर्माले पनि प्रतिकार गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । घटनास्थलको सीसीटिभी फुटेज समेत सार्वजनिक भइसकेको छ ।

यो पनि पढ्नुहोस वीरगञ्जमा कांग्रेस नेता र सांसदबीच सडकमै कुटाकुट

घटनापछि सभापति कलवार बुधबार नै काठमाडौं गएका छन् । नेपाली कांग्रेस पर्साका जिम्मेवार नेता सार्वजनिक स्थलमा हातपातमा उत्रिएको घटनाले देशभरी नै चर्चा पाइरहेको छ ।

शर्मा र कलवार दुवै जिल्ला सभापति अजय द्विवेदी निकटका रुपमा परिचित छन् । घटनाबारे नेपाली कांग्रेस पर्साले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

कलवारविरुद्ध शर्माले गरे उजुरी

घटनाका क्रममा ओठ र कम्मरमा चोट लागेको प्रदेशसभा सदस्य शर्माले बताउँदै आएका छन् । सार्वजनिक सम्पत्ति नगर सभा गृह ठेक्काका नामामा देखिएको बेथितीविरुद्ध आवाज उठाउँदा गुण्डागर्दी शैलीमा आक्रमण भएको उनको भनाइ छ ।

कलवारविरुद्ध आफूले जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्धा दर्ता गरिसकेको शर्माले बताए । ‘सार्वजनिक स्थलमा हातपात भएकोले कुटपिटको मुद्धा बुधबार नै दर्ता गरिसकेको छु ।’ उनले भने ।

पहिलो पटक विवाद भए लगत्तै प्रहरीलाई दुर्घटना हुन सक्ने खबर गरेको भएपनि समयमा प्रहरी नआएको आरोप शर्माको छ ।

तर प्रहरीले भने ठाडो उजुरी मात्रै आएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी विरेन्द्र शाहीले जाहेरी नआएसम्म मुद्धा चलाउन नमिल्ने बताए । ‘प्रदेशसभा सदस्यको तर्फबाट ठाडो उजुरी आएको छ । जाहेरी परेको छैन,’ उनले भने, ‘जाहेरी नआएसम्म मुद्धा चलाउन त सकिन्न, तैपनि घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएका छौं । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment