Comments Add Comment

डेरा खोज्दैछु, त्यसैले नयाँ मन्त्रीलाई स्वागत गर्न जान सकिनँ : लालबाबु

५ मंसिर, काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनसँगै बहिर्गमनमा परेका धेरै मन्त्रीहरु नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्न आफैं मन्त्रालयमै पुगे ।

असल राजनीतिक संस्कार देखाउँदै उनीहरुले एकअर्कालाई अंकमाल गरे र सफल कार्यकालको शुभकामना दिए । निवर्तमान मन्त्रीहरु गोकर्ण विष्ट, चक्रपाणि खनाल, रघुवीर महासेठ र थममाया थापाले आआफूले सम्हालेका मन्त्रालयका नवनियुक्त मन्त्रीहरुलाई स्वागत गरे । आगामी कार्यकालको शुभकामना दिए ।

तर संघीय मामिला तथा सामान्य प्रशासन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दृश्य भने फरक रह्यो । दुबै मन्त्रालयका निवर्तमान मन्त्रीहरु देखिएनन् । नवनियुक्त मन्त्रीहरुलाई कर्मचारीले स्वागत गरे ।

नयाँ मन्त्रीको स्वागतमा देखिनु भएन नि भन्ने अनलाइखबरको प्रश्नमा निवर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डेरा खोज्न व्यस्त भएकाले शुभकामना दिन जान नपाएको बताए । उनले भने, ‘अरुको त आफ्नै घर होला, मैले त डेरा खोज्नुपर्‍यो । क्वार्टरको सामान पनि प्याक गर्दैछु । त्यही भएर जान सकिनँ ।’

मन्त्री पद गुम्दा असन्तुष्ट हुनु भएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘असन्तुष्ट हुनुको के अर्थ छ र ?’

उनले नवनियुक्त सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई राम्रोसँग काम गर्न र सफल हुन शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment