Comments Add Comment

सीमा निरीक्षण समिति गठन गर्ने सरकारको निर्णय

५ मंसिर, काठमाडौं । सरकारले नेपाल-भारत र नेपाल- चीन सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

भारतले नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाली भूभाग लिम्पियाधुरा, कालपानी, लिपुलेकलाई आफ्नो नक्सामा समेटेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

कतिपयले यसैबेला चीनसँगको सीमा विवादलाई पनि सँगै टुङ्ग्याउनु पर्ने बताउँदै आएका छन् । सोही विषयलाई समेत मध्यनजर गरी सरकारले दुबै देशसँगकासीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment