+
+
Shares

आयल निगम भलबारीमा करोड लगानीमा लोडिङ्ग पोइन्ट सेड निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १७:४९

५ मंसिर, बुटवल । रुपन्देहीको भलबारीमा लोड अनलोडको क्षमता विस्तारका लागि लोडिङ्ग अनलोडिङ्ग (लोडिङ्ग पोइन्ट) सेड निर्माण थालिएको छ ।

नेपाल आयल निगम ५ नम्बर प्रदेश प्रादेशिक कार्यालय भलबारीले रुपन्देहीमा स्थापना कालदेखि चार वटा लोडिङ्ग पोइन्ट -टीएलएफ सेड)बाट इन्धन लोड अनलोड गर्दै आइरहेकोमा थप चारवटा लोडिङ्ग पोइन्ट निर्माण थालेको हो ।

नयाँ बन्न लागेको लोडिङ्ग पोइन्टको निगमका ५ नम्बर प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर सुरज शाहले बिहीबार एक कार्यक्रम वीच शिलान्याश गरे ।

शाहले ढिलै भए पनि निगम ब्यवस्थापनले लोडिङ्ग पोइन्ट विस्तारको आवश्यक्तालाई महशुस गरेको र नयाँ सेड निर्माणपछि व्यवसायी र उपभोक्ताको माग अनुसार इन्धनको ब्यवस्थापन गर्न सहज हुने बताए ।

उनले भण्डारण क्षमताको हिसाबले दयनीय अवस्थामा रहेको भलबारी डीपोमा सेड निर्माणका लागि गोपिनी गंगा इन्जिनियरिङ्ग निर्माण एण्ड सप्लायर्स प्रा.लिसँग एक करोड पाँच लाखमा चार महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको जानकारी गराए ।

निगमका प्रबन्धक शैलेन्द्र भुसालले यस क्षेत्रमा दैनिक १६-१७ लाख डिजल र ३-४ लाख पेट्रोलको माग रहेको भन्दै सो मागलाई सम्बोधन गर्न र सहज रुपमा उपभोक्ता सम्म इन्धन पुर्‍याउने उद्देश्य अनुरुप नयाँ लोडिङ्ग पोइन्ट निर्माण कार्य छ ।

निगमभित्र आवश्यक भौतिक संरचना निर्माण गर्ने जिम्मेवारी निगमको आफ्नै भए पनि यस क्षेत्रका व्यवसायीहरुको अथक प्रयासका कारण यसले मूर्तरुप लिएको भन्दै प्रबन्धक भुसालले सेड निर्माणसँगै इन्धनको व्यवस्थापनमा धेरै सुधार र सहजता हुने विश्वास लिइएको छ ।

निगमभित्र आवश्यक भौतिक संरचना निर्माणका लागि प्रयाप्त ठाउँ नभए पनि व्यवसायीहरुको माग सुविधाका लागि क्यान्टिन, शौचालय निर्माण र पार्किङ्ग ब्यवस्थापनका टेण्डर आहृवान भैसकेको छ ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले ब्यवसायीको पहलमा व्यवसायीहरुले इन्धन ढुवानीका लागि निजी गाडी राख्न सफल भएको र नयाँ लोडिङ्ग सेड निर्माणसँगै व्यवसायीको सपना साकार भएको बताए ।

पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष राकेश कशौधनले नयाँ सेड निर्माणपछि लोडिङ्ग अनलोडिङ्गमा धेरै सहज हुने भन्दै भारतको बैतालपुर र मुगलसरायमा गाडीको संख्या बढाउन निगम व्यवस्थापन संग आग्रह गरे।

निर्माण कम्पनी गोपिनी गँगाका प्रोप्राइटर केशव दाहालले ठेक्का सम्झौता अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

निगममा पेट्रोलको भण्डारण क्षमता एक दिनलाई पनि नपुग्ने रहेकाले निगम व्यवस्थापनले पेट्रोलको भण्डारण क्षमता वृद्धिका लागि मट्टीतेलको ट्यांकीमा पेट्रोल भण्डारण गर्ने तयारी गरेको निगमका सहायक प्रबन्धक काँशिराम वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?