Comments Add Comment

मरजावांले पनि रोक्न सकेन आयुष्मानको बालालाई

पहिलो सप्ताहन्तमा उत्कृष्ट आम्दानी गरेपछि आयुष्मान खुराना, यामी गौतम तथा भूमि पेडनेकरको फिल्म ‘बाला’ ले पुनः एक पटक गति लिएको छ । मरजांवा प्रदर्शनपछि पनि बालाको आम्दानी पुनः एक पटक बढेको छ ।

फिल्म समीक्षक तरण आदर्शका अनुसार बालाले अहिले पनि मल्टिप्लेक्समा दर्शकलाई आकषिर्त गरी नै रहेको छ ।  तरणले ट्वीट गर्दै लेखेका छन्-‘फिल्मले दोस्रो शुक्रवार र शनिवार निकै राम्रो व्यवसाय गर्न सफल भएको छ ।’

बालाका लागि मरजांवालाई कडा प्रतिस्पर्धी बनेर आएको थियो । त्यसो त यो नयाँ फिल्मले बालाको व्यवसायमा खासै प्रभाव परेको पाइएन । बालाले जहाँ मल्टिप्लेक्सका दर्शकहरुको मन जितिरहेको छ । त्यहीँ मरजांवाले सिंगल स्क्रिनहरुमा आफ्नो जादू देखाइरहेको छ । आज आईतबार उक्त फिल्मले सिंगल थिएटरमा अझ राम्रो गरेको रिपोर्टहरु आइरहेका छन् । उक्त फिल्मले पनि दोहोरो अंकको आँकडामा व्यवसाय गर्न सक्ने अनुमान गरिएको छ ।

बालाले प्रदर्शनको थालनी नै उत्कृष्ट शैलीमा गरेको थियो । यो फिल्मले पहिलो शुक्रवार नै १० करोड भन्दा बढी आम्दानी गरेको थियो । जुन अभिनेता आयुष्मान खुरानाको करियरको हालसम्मकै सबैभन्दा ठूलो ओपनिङ हो । यो फिल्मले पहिलो विकेण्डमा करिब ४४ करोड भारु आम्दानी गर्न सफल भयो । त्यसपछि पहिलो हप्तामा ७२ करोडभन्दा बढी कमाउन सफल भयो । सिनेमा हलमा बालालाई टक्कर दिने अन्य फिल्महरु नभएकाले पिन बालाले त्यसको फाइदा उठाउन सकेको हो । यद्यपि, आगामी शुक्रबार प्रदर्शन हुने पागलपन्ती फिल्मले भने बालालाई कडा टक्कर दिन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment