Comments Add Comment

मन्त्रिपरिषद् पुनर्गठनप्रति समाजवादीको असहमति, सरकार भने नछाड्ने

७ मंसिर, काठमाडौं । सत्तारूढ समाजवादी पार्टीले मन्त्रिपरिषद् पुनगर्ठनप्रति असहमति जनाएको छ । तर पार्टीकै कतिपय नेताहरुले भनेजस्तो बैठकले सरकार छाड्ने निर्णय गरेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मन्त्रिपरिषद् पुनगर्ठन गर्दा उपेन्द्र यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानुन दिइएको थियो भने राज्यमन्त्री सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो ।

मन्त्रालय हेरफेर हुँदा यादव भारतमा थिए । उनी स्वदेश फर्किएपछि शनिबार बसेको समाजवादी पार्टीको बैठकले मन्त्रालय हेरफेर गठबन्धन संस्कृति विपरीत भएको भन्दै असहमति जनाएको छ । ‘यो गठबन्धन संस्कृति विपरीत छ । यसप्रति हामी असहमत छौं,’ बैठकपछि अध्यक्ष यादवले भने ।

तर समाजवादी पार्टीकै कतिपय नेताहरुले भनेजस्तो पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेन । यो सम्भावना तत्काल नरहेको एक पदाधिकारीले बताए ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन र सरकार गठनका क्रममा भएको संविधान संशोधनको सहमति कार्यान्वयनबारे सरकार र सत्तारुढ दलसँग वार्ता गर्ने निर्णय गरेको छ । वार्ता गर्ने जिम्मा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment