Comments Add Comment

पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङले पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गजुरी-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडानम्बर ३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन् ।

बाघको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा खटिएको जिप्रका धादिङ र इप्रका गजुरीको प्रहरी टोलीले उनीहरुलाई गजुरी गाउँपालिका-२ चालिसेबाट नियन्त्रणमा लिएको हो ।

३ वटा मोटरसाइकलमा ६ जनाले वालसिङ भन्ने ठाउँबाट हाइवेतर्फ ल्याउँदै गरेको बाघको छालासहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे  प्रहरीले जनाएकाे छ ।

उनीहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment