Comments Add Comment

परिसंघको टोलीले गभर्नर भेट्यो

८ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वमा गएको टोलीले गभर्नरलाई ब्याजदर नघटेको र उद्योगहरुको उधारो असुलीमा असहजता भएको गुनासो गभर्नर समक्ष राखेका छन् ।

हाल विद्युत उत्पादन क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राखिएकोमा विद्युतको खपत कम गर्ने कार्यलाई समेत प्राथमिकता प्राप्त कर्जाको क्षेत्रमा राख्न परिसंघको माग थियो । बैंकको व्याज तथा करको भुक्तानीको समय एकै भएकोले अप्ठेरो परेको भन्दै भुक्तानीको तालिका परिवर्तन गर्न परिसंघले अनुरोध गरेको छ ।

साथै उद्योग–व्यववसायीलाई व्यापार–व्यवसाय प्रवद्र्धन गर्न समय–समयमा विदेश यात्रा गर्नुपर्ने भएकोले सटहिको सुविधा वृद्धि गरिनुपर्ने माग पनि उनीहरुले राखेका छन् । भेटमा गभर्नर डा. नेपालले खास–खास उद्योग र उद्यमीलाई विदेशी मुद्रा सटहीमा समस्या नपर्ने गरी व्यवस्था मिलाउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment