+
+
Shares

स‌ंघीयताको अनुभूति गर्न अझै तीन वर्ष लाग्छ : मुख्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १९:०९

८ मंसिर, काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभूति गर्न अझै दुई तीन वर्ष लाग्ने बताएका छन् ।

जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभूति गर्न नसकिने बताएका हुन् ।

त्यसका लागि अझै दुई तीन वर्ष लाग्ने उनको भनाइ छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा योजनाहरु कार्यान्वयन गरिरहेको उल्लेख गर्दै त्यसको प्रतिफल आउन समेत समय लाग्ने बताए  ।

उनले प्रदेशमा कर्मचारी अभाव रहेकाले विकास निर्माणका कामहरु प्रभावित भएको समेत बताए । प्रदेश भेलाले १३ वुँदे घोषणा पत्र जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?