Comments Add Comment

सल्यानको दानवाङमा बिजुली पुगेपछि नाचगान

बिजुली बलेको खुसियालीमा स्थानीयबासीसँग नाच्दै सांसद टेकबहादुर बस्नेत (वायाँ)। तस्वीर : शंकर केसी

१० मंसिर, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ दानवाङमा पहिलो पटक बिजुली पुगेको छ । बिजुली बाल्न पाएको खुसीमा स्थानीयबासीले नाचगान गरेका छन् । खुसियालीमा पूर्वसामान्य प्रशासन मन्त्री एवम् प्रतिनिधिसभा सांसद टेकबहादुर बस्नेतसहित स्थानीयबासी सोरठी र लहरे नाच नाचेका थिए ।

संघीय सरकारबाट विनियोजित १ करोड ५८ लाख रुपैयाँ बजेटबाट दानवाङमा बिजुली पुगेको हो । विद्युत वितरण कार्यक्रमको सोमबार रिबन काटेर उदघाटन गरेपछि सांसद बस्नेतले विद्युतलाई उपयोग गरेर आर्थिक उपार्जनमा लाग्न सुझाव दिए ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढामगरले पालिकाभित्रका सबै बस्तीमा विद्युत विस्तार गर्ने योजना रहेको जानकारी दिइन् ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रश्ाासकीय अधिकृत हिरालाल भण्डारी, साहित्यकार भद्रसिंह बुढा, कपुरकोट २ का वडाध्यक्ष मानबहादुर राना, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का लगायतले विकट भनिएका बस्तीमा पनि विद्युत सेवा पुग्नु खुसीको विषय भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment