+
+
Shares

चितवनमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १३:४९

१० मंसिर, काठमाडौं । चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपरासी(पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको चक्काले किचेको थियो ।

रानामगरको घटनास्थलमा नै मृत्यु भएको र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?