Comments Add Comment

बोल्ड सुपुष्पा

चलचित्र ‘रणवीर’ डेब्यू नायिका सुपुष्पा भट्ट दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा विशेष भूमिका गरेरपछि झनै चर्चामा छिन् । तर, सुपुष्पालाई भने आफू दर्शकमाझ नोटिस भएको भन्ने लाग्दैन । उनी भन्छिन्–‘मलाई अझै पनि दर्शकले नोटिस गर्नुभएको छ भन्ने नै लाग्दैन । म आफूले सक्ने बेष्ट दिने प्रयासमा छु ।’

सुपुष्पा गतबर्ष रिलिज भएको चलचित्र ‘रणवीर’ असफल भएपनि चलचित्रकर्मी र मिडियाकर्मीमाझ भने नोटिस भएकी थिइन् । यसैले, उनी अहिले तेश्रो चलचित्र ‘चपली हाइट ३’मा काम गरिरहेकी छिन् ।

यो चलचित्रमा सुपुष्पा बोल्ड अवतारमा छिन् । तर, उनी आफूलाई बोल्ड भन्न रुचाउँदिनन् । नायिका भन्छिन्–‘म बोल्ड छैन । हरेक चलचित्रमा फरक भूकिमा गरुँ भन्ने चाहना मेरो पनि छ । यही अनुसार, चपली हाइट ३ मा केही फरक भूमिका भने गर्दैछु ।’

सुपुष्पाले चलचित्र क्षेत्रमा आफ्ना प्रतिस्पर्धी कोही नभएको बताइन् । भनिन्–‘म कसैसँग प्रतिस्पर्धा छ भन्ने सोच्दिनँ । आफ्नो काम राम्रो होस् भन्नेमा म केन्द्रित हुन्छु ।’ चैत्र २८ गतेबाट रिलिज हुने चलचित्रलाई लिएर उनी आफू उत्साहित भएको बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment