+
+
Shares

लैङ्गिक हिंसा रोक्ने काममा लाग्छु : मन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १० गते १८:३९

१० मंसिर, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लैङ्गिक हिंसा रोक्नका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।

सीआइएनले सुरु गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने सञ्चार अभियानको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘अहिले अभियान मात्र सञ्चालन भइरहेको छ । अभियान सञ्चालनमा मात्रै नभइ व्यवहारिक रूपमा नै लैङ्गिक हिंसा रोकथाम गर्ने काममा लाग्नेछु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महिला बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने अपेक्षा गरेर पठाएको भन्दै कतिपयलाई भने निद्राभोक नलागेको टिप्पणी गरे ।

मन्त्री गुरुङले महिला हिंसा विरुद्धका अभियन्तालाई प्रचारप्रसारका लागि मात्रै अभियन्ता नबनी महिला हिंसा कम गर्नेतिर अग्रसर हुन आग्रहसमेत गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?