Comments Add Comment

पत्रकार खड्काको अस्थिपञ्जर फेला

११ मङ्सिर, काठमाडौँ । विगत डेढ वर्षदेखि बेपत्ता भएका नेपाल पत्रकार महासङ्घ डोटी शाखाका सदस्य एवम् बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर भेटिएको छ ।

सम्पर्कविहीन भएको स्थानभन्दा अगाडि बाजुराको काल्टे भन्ने स्थानमा परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायत सामान भेटिएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए ।

गत २०७५ भदौ १० गते करिब १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए ।

उनले डेढ वर्षपछि हड्डीसहित सामग्री भेटिनुले घटना रहस्यमय हुनसक्ने हुँदा यसको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment