Comments Add Comment

सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री पोखरेल

११ मंसिर, काठमाडौं । उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सुरक्षा कोषबाट भाग्ने छुट कसैलाई नभएको बताएका छन् ।

सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बुधबार उनले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताए ।

‘सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने छुट कसैलाई छैन । श्रमिक र रोजगारदाताले दायित्व पूरा गर्नुहोस्, सरकारले अभिभावकत्व ग्रहण गर्छ’ उनले भने ।

कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता निराशाजनक रहेको बताएका थिए । उपप्रधानमन्त्री पोखरेलले भने सामाजिक सुरक्षा योजना नयाँ भएकाले केही व्यवहारिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गर्दै जानुपर्ने बताए ।

‘केही नभएको अवस्थाबाट थालनी ग¥यौं । यससँग गाँसिएका केही व्यवहारगत समस्या देखिन सक्छ’ उनले भने ‘समस्या समाधानका लागि सरकार छलफलमा बस्न तयारछ ।  निरन्तर अपडेट गरिरहनुपर्छ ।’

गत वर्ष सुरु भएको सामाजिक सुुरक्षा योजनामा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १५ हजार श्रमिक आवद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment