Comments Add Comment

पशुपति क्षेत्र विकास कोषलाई दुई विद्युतीय सवारी हस्तान्तरण

११ मंसिर, काठमाडौं । भारतीय महिला संघका अध्यक्ष नमि्रता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई पशुपति मन्दिर परिसरमा उच्च-गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेकी छिन् । यी वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वर्क्सले गरेको हो ।

पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने बताए ।

यी सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारतीय राजदूतावासको संरक्षकत्वमा रहेको भ्ाारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो, जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्छ । भ्ाारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ ।

हालैसंघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

युनेस्कोको विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर तथा यस सँगैका क्षेत्रको संरक्षण तथा संचालनका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment