Comments Add Comment

सागको भलिबल प्रतियोगिता एक्सन स्पोर्टसमा

११ मंसिर, काठमाडौं । स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद-साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुँदैछ ।

१३ औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गतेदेखि १७ गतेसम्म डिसहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपालबिरुद्ध बाङ्गलदेशको महिला भलिबल प्रतियोगिता आज अपरान्ह ३ बजे हुँदै छ भने नेपालबिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदै छ ।
‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरु लाई नेपाली दर्शक माझ पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment