Comments Add Comment

हापुरेको वार्ताघरमा बाबुराम र महराको तस्वीर !

११ मंसिर, दाङ । दाङको हापुरेस्थित शिवलाल खत्रीको घरमा पुग्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भावुक बने । ०६० साल साउन ३२ देखि भदौ २ गतेसम्म उही घरमा सरकार र माओवादीबीच वार्ता भएको थियो, जसमा डा. भट्टराईसमेत सहभागी थिए ।

घरबेटी खत्रीले आफ्नो घरभित्र डा. बाबुराम भट्टराई र कृष्णबहादृुर महरासँग खिचिएका तस्वीरहरु सजाएर राखेका रहेछन् । घरको नाम नै परिवर्तन गरेर ‘वार्ताघर’ राखिएको रहेछ भन्दै डा. भट्टराईले सामाजिक सञ्जालमा तस्वीरहरु पोष्ट गरेका छन् ।

दाङको घोराही वडा नम्बर १६ मा वडाध्यक्षका लागि हुन लागेको चुनावको प्रचारका लागि डा. भट्टराई दाङ पुगेका हुन् । भट्टराई नेतृत्वको समाजवादी पार्टीले विमला पुनलाई वडाध्यक्षमा उठाएको छ । यहाँ नेकपाका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेकाले कांग्रेस र समाजवादी लगायतका पार्टीहरु उत्साही देखिएका छन् ।

घोराही यसअघि तत्कालीन एमालेले जितेको ठाउँ हो । एमालेले १२१३ मत ल्याएर जीत हात पार्दा कांग्रेसले ६१५ र माओवादीले ४४८ मत पाएका थिए । यहाँ ०७४ को चुनावमा समाजवादी पार्टीको उम्मे्वारी परेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment