Comments Add Comment

बालबालिकालाई डे केयरमा पठाउँदै हुनु हुन्छ ?

हिजो-आज प्रायः दम्पतीहरु एकल परिवार रमाउने गर्छन् । त्यसैले आजका बुहारीहरु सासु-ससुरासंग संगै बस्न रुचाउँदैनन् । उनीहरु आफ्नो करियरप्रति पनि कुनै किसिमको समझौता गनै चाहँदैनन् । उनीहरु आफ्नो बच्चाको हेरचाहका लागि डे केयरलाई आँखा बन्द गरेर विश्वास गर्छन् । उनीहरु सोच्छन्- त्यहा आफ्नो बच्चा सुरक्षित रहन्छ । त्यहाँ उनीहरुलाई खानपानदेखि आराम गर्ने, विभिन्न क्रियाकलापहरु सिक्नेसम्मको सम्पूर्ण व्यवस्था हुन्छ । उनीहरु विहान अफिस जाँदा आफ्ना बच्चाहरुलाई डे केयरमा छाडिदिन्छन् र साँझ घर फर्कदा आफुसंगै लिएर आउँछन् । कुनै दिन बच्चालाई लिन आउन ढिला भयो भने डे केयर सञ्चालकलाई फोन गरिदिन्छन् ।

जब बच्चालाई घर लिएर आउनु हुन्छ, तब बच्चासंग समय बिताउनुको साटो तपाईं घरका अन्य काममा व्यस्त हुनुहुन्छ । केवल छुट्टकिो दिन मात्र आफ्ना बच्चासंग समय बिताउनु हुन्छ ।

तर आफ्ना बच्चालाई पूर्ण रुपमा डे केयरको भरोसामा छाड्नु राम्रो कुरा होइन । यसो गर्दा तपाईं र बच्चाबीचको सम्बन्ध प्रगाढ हुन पाउँदैन । बच्चा तपाईंसंग आफ्ना कुराहरु शेयर गर्न पाउँदैन, उदास रहन थाल्छ । कहिलेकाहिं त बच्चाले आफुसंग भएको शोषणको बारेमा पनि बुझ्न सक्दैन ।

यदि तपाईं पनि आफ्ना बच्चालाई डे केयरको भरोसामा छाडेर निश्चिन्त हुनु चाहनु हुन्छ भने यी कुराहरु थाहा पाउनु तपाईंका लागि अति नै आवश्यक छ ।

डे केयरमा बालबालिकाहरु हामीले सोचे जस्तै सुरक्षित छन् त ?

हिजोआज साना शिशुहरुलाई डे केयरमा कुट्ने, पिट्ने जस्ता समाचारहरु सुन्न र देख्न पाइन्छ । के केयर अर्थात अथवा शिशु स्याहारमा आयाहरुले बच्चाहरुलाई राम्रा खान नदिनुको साथै कुटपिट समेत गर्ने गरेको कुराहरु दिन-दिनै सुन्न पाइन्छ । जहाँ बच्चाहरुको शारीरिक र मानसिक शोषण हुने गर्छ ।

सबै क्रेच नराम्रो हुन्छ भन्ने हुँदैन । प्रायः डे केयरमा बच्चाको राम्रोसंग ध्यान राखिन्छ । त्यहाँ उनीहरुले नयाँ नया कुराहरु पनि सिक्छन् तर यी सबै कुरा बाहेक हरेक दिन बच्चालाई मोनिटरिङ गर्नु पर्छ । डे केयरमा उसलाई कसरी राखिन्छ, उसलाई त्यहाँ कुनै किसिमको समस्या छ कि भन्ने कुरा बुझ्नु पर्छ । किनभने बच्चाहरुले केही भन्दैनन्, केवल रोइरहने गर्छन् र आमाबुबाले उ डे केयर सेन्टर जान नचाहेकोले रोएको भन्ने सोच्छन् । बच्चा डे केयर सेन्टरमा किन जान चाहँदैन भन्ने कुरा बुझ्नु तपाईंको जिम्मेवारी हो ।

हरेक दिन गर्नु पर्ने काम

अफिसबाट घर आएपछि तपाईं जति थाके पनि आफ्नो बच्चासंग केही समय बिताउनु पर्छ । आज डे केयरमा के-के भयो, के खुवाए, के सिक्यौ, त्यहाँ रमाइलो भयो कि भएन ? भन्ने जस्ता प्रश्नहरु सोध्नु पर्छ । यदि बच्चाले यी सबै प्रश्नको अनौठो जवाफ दियो भने त्यसलाई हल्का रुपमा लिनु हुँदैन । बच्चाले किन यस्तो भन्यो भन्ने कुरा थाहा पाउने कोशिस गर्नु पर्छ ।

बच्चा डे केयरबाट फर्किएपछि उसको शरीरमा कुनै किसिमको दाग छ कि भनेर चेक गर्नु पर्छ । यदि कुनै किसिमको निशान छ भने बच्चलाई यो निशान कसरी भयो भने र सोध्नु पर्छ । त्यस्तै न्यापी फेरेको छ कि छैन पनि हेर्नु पर्छ । तपाइर्ंले लञ्चमा खान दिनु भएको कुरा खाएको छ कि छैन पनि हेर्नु पर्छ ।

डे केयर छनोट गर्दा

-बिजुली र पानीको कस्तो व्यवस्था छ, ओछ्यान सफा छ कि छैन, बच्चाले खेल्ने खेलौना कस्तो प्रकारको छ भन्ने कुराहरुलाई ध्यान दिएर हेर्नु पर्छ ।

-डे केयर सधैं हावा आउने, खुल्ला र उज्यालो हुनु पर्छ ।

-डे केयरमा बच्चाको ध्यान राख्ने व्यक्ति कस्तो छ त्यो पनि ध्यान दिनु पर्छ । उसको बच्चासंगको व्यवहार कस्तो छ भन्ने कुरा थाहा पाउने कोशिस गर्नु पर्छ ।

-त्यहाँ आउने अन्य बच्चाका आमा-बुबासंग कुराकानी गर्नु पर्छ । डे केयर सेन्टर कस्तो छ, उनीहरु सन्तुष्ट छन् कि छैनन्, उनीहरुले आफ्ना बच्चालाई कहिलेदेखि त्यहाँ राखेका हुन् भन्ने जस्ता कुराहरु थाहा पाउनु पर्छ ।

-सस्तो र घर नजिक छ भन्ने कुरालाई ध्यान दिएर आफ्नो बच्चालाई कुनै पनि डे केयर सेन्टरमा राख्नु हुँदैन । त्यो डे केयरमा तपाईंको बच्चाले दिनभरको समय बिताउने भएकाले त्यो सफा हुनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment