Comments Add Comment

एक हप्तामा बैंकमा वचत ९ अर्बले वृद्धि, कर्जा बढेन

११ मंसिर, काठमाडौं । एक हप्तामा नेपालका वाणिज्य बैंकमा ९ अर्ब रुपैयाँ निक्षेप बढेको छ, तर कर्जा लगानी भने स्थिर रहेको छ । २९ कात्तिकमा २६ खर्ब ४० अर्ब रहेको बैंकहरुको कर्जा लगानी मंसिर ६ गतेसम्म पनि २६ खर्ब ४० अर्बमै अडिएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

कात्तिक २२ सम्म २८ वाणिज्य बैंकहरुको लगानी २६ खर्ब ३१ अर्ब रुपैयाँ रहेको लगानी २९ कात्तिकमा ९ अर्ब रुपैयाँले बढेर २६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको थियो ।

यस अवधिमा निक्षेपमा भने सुधार भएको छ । २९ कात्तिकमा निक्षेप २९ खर्ब ७४ अर्ब रुपैयाँ रहेकामा मंसिर ६ गतेसम्म आइपुग्दा बढेर निक्षेप २९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।

निक्षेप भन्दा कर्जा कम लगानी हुनुलाई राम्रो मानिन्छ । पछिल्लो समय कर्जाको उच्च माग हुने र सो अनुसारको निक्षेप जम्मा नहुँदा बैंकहरुलाई पुँजी अभावको समस्या पर्ने गरेको छ ।

बैंकहरुले ५ महिनामा १ खर्ब ४६ अर्ब रुपैयाँले कर्जा लगानी बढाएका छन् । वाणिज्य बैंकहरुले असार मसान्तसम्म २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

कात्तिक मसान्तसम्म आइपुग्दा बैंकहरुको १ खर्ब ४६ अर्ब रुपैयाँले कर्जा लगानी बढेर २६ खर्ब ४० अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।

यस अवधिमा निक्षेप भन्दा कर्जा लगानीको वृद्धिदर बढी देखिएको छ । सामान्यतया बैंकहरुको निक्षेप भन्दा कर्जा कम हुनु पर्छ । नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

जसअनुसार एउटा बैंकले १ सय रुपैयाँ निक्षेप लिए ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछ । तर यहाँ निक्षेप थोरै जम्मा हुँदा पनि कर्जा लगानी राम्रै भएको छ । ५ महिनाको अवधिमा निक्षेप भने अर्ब रुपैयाँ भन्दा पनि कम जम्मा भएको छ ।

असार मसान्त २०७६ सम्म २८ वाणिज्य बैंकहरुमा २८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । त्यो अहिले बढेर २९ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment