+
+
Shares

प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते २०:१५

११ मंसिर, वीरगञ्ज । क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै रकम असुली गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-५ का २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेका छन् ।

चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ बस्ने अनन्त खतिवडालाई डर-धम्की देखाइ रकम माग्ने गरेको पर्सा प्रहरीले जनाएको छ ।

चतुर्वेदीले डर धम्की देखाइ रकम माग्ने गरेको उजुरी खतिवडाले गरेपछि उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चतुर्वेदीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

दिव्य प्रकाश ०७५ चैत ३० गते हातहतियार तथा खरखजना मुद्धामा दोषी ठहर भई पर्सा जिल्ला अदालतको आदेशले एक लाख धरौटी तिरेर छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?