Comments Add Comment

‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाही निस्कासित

१२ मंसिर, काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले जानकारी दिए ।

शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ ।

नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment