+
+
Shares

आयुष्मान प्रियंकाका ‘आज र भोली’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १२:१२

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको इन्गेजमेन्ट भैसकेको छ । उनीहरुले, असार महिनामै बिहे गर्ने तयारी पनि गरेका थिए । तर, आयुष्मान र प्रियंकाको बिहे तोकिएको मितिमा भने हुन सकेन । बजारमा अहिले नायिका ऋचा शर्मादेखि आँचल शर्माको बिहेको चर्चा सुरु भैसकेको छ । तर, प्रियंका र आयुष्मानको बिहेको चर्चा भने सेलाएको छ ।

चलचित्रको काममा पनि आयुष्मान र प्रियंका खासै व्यस्त छैनन् । यस्तो अवस्थामा यी दुइलाई बिहे गर्न के कुराले रोकिरहेको छ, यो उनीहरुले नै जान्ने कुरा भयो ।

तर, आयुष्मान र प्रियंकाले सामाजिक संजालबाट भने प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् । हालैमात्र प्रिंयंकाले आयुष्मानसँग चुम्बन गर्दै गरेको एउटा तस्वीर पोष्ट गरेकी छिन् । जहाँ, उनले लेखेकी छिन्–‘मेरो आज र मेरा सबै भोलीहरु’ ।

प्रियंकाका अनुसार, आयुष्मान उनका लागि आज र भोली हुन् । यसमा आयुष्मान जवाफ फर्काउछन्–‘सधै र सधै र त्यसपछिको दिन’ । यसबाट पनि वुझिन्छ कि, उनीहरुको प्रेम झनै फराकिलो बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?