Comments Add Comment

अर्घाखाँची दुर्घटनाप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारलाई अनुरोध समेत गरेका छन् ।

‘ दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछु । सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन पनि म सरकारलाई अनुरोध गर्दछु,’ वक्तव्यमा भनिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बुधबार बस दुर्घटना भएको थियो । उक्त दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment