Comments Add Comment

आचारसंहिता विपरीत प्रयोग भएका ५ वटा सरकारी मोटरसाइकल प्रहरी नियन्त्रणमा

१२ मंसिर, वीरगञ्ज । निर्वाचन आचारसंहिता विपरीत प्रयोग गरिएका ५ वटा सरकारी सवारी साधन प्रहरीले पर्साबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महुबनले ४ वटा पल्सर मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको हो ।

बुधबार मौन अवधि सुरु हुनुअघि विभिन्न दलले पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा चुनावी सभा राखेका थिए । चुनावी सभामा जनप्रतिनिधिहरु सरकारी नम्बर प्लेटका सवारी साधन नै चढेर सहभागी भएका थिए ।

प्रहरीले बुधबार साँझ ना १ ब २७४८ नं। को स्कुटी, ना १ ब ३०५७, ना १ ब ३५८७, ना १ ब ३१४६, ना १ ब २७५० नं। को पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारी साधनलाई प्रक्रिया पूरा गरेपछि छोडिने प्रहरीले जनाएको छ । तर, सवारी चालक तथा जनप्रतिनिधिको नाम भने गोप्य राखिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले निर्वाचन आचार संहिता विपरित सवारी साधन प्रयोग गरिएकोले नियन्त्रणमा लिइएको बताए । ‘सरकारी गाडी अन्य समयमा पनि दुरुपयोग गर्न पाइँदैन, चुनावी अभियानमा लिएर जानु आचारसंहिता विपरीतको काम हो, त्यसैले नियन्त्रणमा लिन निर्देशन दिएका हौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment