+
+
Shares

डाक्टर पक्राउ परेको घट्नाप्रति चिकित्सक संघको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते ११:४७

१३ मंसिर, काठमाडौं । नेपाल चिकित्सक संघले बलात्कारको आरोपमा एक चिकित्सक पक्राउ परेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका डा.रोहितकुमार झा पक्राउ परेको विरोधमा संघले विज्ञप्ति निकालेको हो ।

डा. झा ‘होल बडी’ परीक्षण गर्न आएकी विरामीलाई बलात्कारको प्रयास गरेको आरोप ९ मंसिरमा अस्पतालबाटै पक्राउ परेका थिए । उनीविरुद्ध पीडित महिलाले जवरजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी छन् ।

चिकित्सक संयोजक रहेको पाँच सदस्यीय समितिले दोषी ठहर गरे मात्रै मुद्दा चलाउनुपर्ने संघको ठहर छ । ‘..नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा गठित पाँच सदस्यीय अनुसन्धान समितिले कसुर गरेको प्रमाण भेटिएको खण्डमा मात्रै मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखी पठाउने व्यवस्था परिमार्जन भएको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले बिरामी परीक्षण गरिरहेको अवस्थामा विना अनुसन्धान चिकित्सकलाई पक्राउ गर्न नहुनेमा जोड दिएको छ ।

संघका महासचिव डा. लोचन कार्की भन्छन्, ‘दोषी प्रमाणित भए कारबाही हुनुपर्छ भन्नेमा शंका रहेन तर कार्यस्थलमा भएको घट्नामाथिको अनुसन्धान संशोधित मुलुकी अपराध संहिता अनुसार हुनुपर्दछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?