+
+

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

रासस रासस
२०७६ मंसिर १३ गते १३:२६

१३ मङ्सिर, बनियानी (झापा) । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?