Comments Add Comment

विराजसहित ७ फुटबलरले एकसाथ मनाङ छाडे

१३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पूर्वसध्यामा विराज महर्जनसहित पहिलो रोजाईका ७ जना खेलाडीले मनाङ मर्स्याङ्दी क्लब छाडेका छन् ।

विराज महर्जन, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अभिषेक रिजाल र देवेन्द्र तामाङले मनाङ छाडेका हुन् । उनीहरु सबै मच्छिन्द्र क्लब जाने भएका हुन् ।

लामो समयदेखि प्रतियोगिता खेल्न नपाएकाले मनाङले उनीहरुलाई पूर्ण तलब दिन अस्वीकार गरेको थियो । त्यही विषयमा क्लब र खेलाडीबीच असझदारी बढेको थियो । ‘हामीले ८० प्रतिशत तलब लिनुस्, २० प्रतिशत माफी गर्नुस् भन्यौं तर उहाँहरुले सबै चाहिन्छ भन्नुभयो’ मनाङका महासचिव अनिल गुरुङ भन्छन् ।

मनाङ छाडेका ७ जनामध्ये पाँचजना क्लबका लामो समयदेखि पहिलो रोजाईका खेलाडी हुन् भने अभिषेक र देवेन्द्र एएफसी कप खेल्न आवद्ध भएका थिए ।

ए डिभिजन लिग २८ मंसिरमा सुरु हुनेछ । त्यसको पूर्वसन्ध्यामा ७ खेलाडी अर्को क्लबतिर लागेपछि मनाङ नयाँ खेलाडी अनुबन्ध गर्ने गृहकार्यमा जुटेको छ ।

उसले पछिल्लो समय अष्ट्रेलियामा लेखेका जगजित श्रेष्ठलाई टिममा फर्काएको छ भने केही विदेशी खेलाडीलाई पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment