+
+
Shares

गैरकानूनी रुपमा पत्थरको कारोबार गर्ने ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १८:२३

१३ मंसिर, काठमाडौं । बहुमुल्य पत्थरको गैरकानूनी रुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भन्दै कारोबार गर्ने गिरोहका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भई पनौती नगरपालिका ४ बस्ने ६२ वर्षीय नवराज खड्का, झापाकोको गौरदह नगरपालिका १ का ३८ वर्षीय हरि खापुङ,  झापाको सताक्षीधाम नगरपालिका ४ का ३७ वर्षीय यमकुमार गिरी, मोरङको बुढीगंगा गाउँपालिका ५ का २५ वर्षीय लोकबहादुर सार्की र  रौतहटको चन्द्रपुर नगरपालिका १ का ३३ वर्षीय भिमबहादुर तामाङ रहेका छन् ।

काभ्रेपलान्चोक जिल्लाको पनौती क्षेत्रमा बस्ने नवराज खड्का लगायतका व्यक्तिहरुले एक लाखको बिभिन्न पत्थरहरु गैरकानूनीरुपमा ओसारपसार गरी करोडौं मूल्य पर्ने भनि झुक्याइ कारोबार गर्न लागेको भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खड्काको कोठाबाट रङकामोजनाईट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमण्ड जस्तो देखिने पत्थर, एल.बि. डायमण्ड जस्तो पत्थर, फेन्सि डायमण्ड जस्तो देखिने स्टोन, पुष्पराजहरु, निलम, लसुनिया, रुबी लगायतका पत्थर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?