Comments Add Comment

कस्तो गज्जबको जागिर ? सुत्ने कामको तलब डेढ लाख

सामान्य रुपमा सबैले जानेको कुरा के हो भने काम गरेमात्रै तलब भत्ता वा ज्याला पाइन्छ । काम चाहीँ विभिन्न थरीका हुनसक्दछन् । तर जे होस् पैसा कमाउनका लागि जस्तो भएपनि काम गर्नैपर्दछ, सुतेर हुँदैन ।

सुतेर पैसा कमाइँदैन भन्ने मान्यता अब पूरानो भैसकेछ । किनकी भारतको एउटा कम्पनीले सुतेको पनि तलब दिँदैछ ।

हो, भारतको बैंगलोरमा रहेको एउटा कम्पनीले सुतेबापत १ लाख भारु पैसा दिँदैछ ।

आखिर कामै नगरी सुतेपनि तलब दिने त्यो कम्पनीले के गर्छ होला ?

वास्तवमा बैंगलोरमा रहेको अनलाइन स्लीप सोल्यूसन कम्पनीले यो अनौठो अफर ल्याएको हो । यो अफरको नाम वेकफिट स्लीप इन्टर्नशीपको नाम दिइएको छ ।

यो अफरमा सहभागी भएर एक लाख भारु कमाउनका लागि केही शर्तको पालना गर्नुपर्नेछ ।

यो कार्यक्रमका लागि केवल केही जनामात्र मानिसको छनोट गरिनेछ । छनोटमा परेका मानिसहरुालई कम्पनीले सुत्ने गद्दा प्रदान गर्नेछ । त्यसरी प्राप्त गरेका गद्दामा मानिसहरु सुत्नुपर्नेछ र आफ्नो निद्रा राम्रो भयो कि भएन भन्ने बारेमा दिनहुँ कम्पनीमा रिपोर्ट गर्नुपर्नेछ ।

कम्पनीको नियम अनुसार छनोट भएका मानिसहरुले १ सय दिनसम्म दिनहुँ ९ घण्टा अनिवार्य रुपमा सुत्नुपर्नेछ । अर्थात् दिनहुँ ९ घण्टासम्म सुत्न नभ्याउनेले यो अफरमा सहभागी हुन पाउने छैनन् ।

मज्जाको कुरा त के भने सुत्नका लागि कम्पनीको कार्यालयमै जानुपर्ने छैन । कम्पनीले दिएको गद्दा आफ्नै घरमा लगेर सुत्न पाइनेछ । तर नसुतिकनै सुतेको नाटक गर्न पाइनेछैन । किनकी कम्पनीले स्मार्ट चिपको प्रयोग गरी निगरानी गरेको हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment