Comments Add Comment

अलाभेसमाथि रियल मड्रिडको जित

१४ मंसिर, काठमाडौं । डिपोर्टिभो अलाभेसलाई पराजित गर्दै रियल मड्रिड ला लिगा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबारको खेलमा रियलले अलाभेसमाथि २-१ गोल अन्तरको जित निकालेको हो ।
जितसँगै रियलले १४ खेलबाट ३१ अंक भएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक छ ।

आलाभेसको घरेलु मैदानमा भएको खेलको पहिलेा हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफमा रियलले सार्जियो रामोसको गोलले ५२ औं मिनेटको गोलबाठ अग्रता लियो । खेलको ६५ औं मिनेटमा लुकास पेरेजले पेनाल्टीमार्फत बराबरी गोल गरे । त्यसको चार मिनेटपछि रियलका ड्यानी कार्भाललेे लागि निणर्ाय गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment