Comments Add Comment

वडाध्यक्षको नतिजा : नेकपा र कांग्रेसले कहाँ गुमाए, कहाँ थपे ? (सूचीसहित)

१५ मंसिर, काठमाडौं । उपनिर्वाचन भएका विभिन्न स्थानीय तहका ४३ मध्ये ३९ वडाको मत परीणाम आएको छ, जसमा सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)ले २२ वडाध्यक्ष जितेको छ ।

नेपाली कांग्रेस ११ वडाध्यक्ष जितेर दोस्रो स्थानमा छ भने समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी -राजपा) ले समान ३/३ वटामा वडाध्यक्ष जितेको छन् ।

अन्य दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

हारजितको हिसाब

उपचुनाव भएका ४३ वडामध्ये तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ वटा गरी २३ वडा थिए । त्यसमध्ये नेकपाले ७ वडा गुमाएको छ ।

यसअघि जितेका हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ र दोगडा केदार ४ बैतडी गुमाएको छ ।

तर यसअघि कांग्रेसले जितेका ७ र विप्लव समर्थित स्वतन्त्र उम्मेदवारले जितेको थवाङसमेत गरी ८ वटा वडा नेकपाले आˆनो पक्षमा पारेको छ । यसअघि कांग्रेसले जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्ऽावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, मेल्लेख ५ अछाम र त्रिवेणी १ बाजुरा नेकपाले जितेको छ ।

यसरी हेर्दा समग्रमा नेकपाले एउटा वडाको नेतृत्व थपेको छ ।

त्यस्तै कांग्रेसले जितेका १२ वडामा उपचुनाव भएको थियो, जसमा ८ गुमाएको छ । गुमाएका ८ मध्ये ७ मा नेकपा र एक स्थानमा समाजवादी पार्टी विजयी भयो । कांग्रेसले यसअघि जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्ऽवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।

तर उसले नेकपाले जितेका ६ वटा र राजपाले जितेका वडा आफ्नो पक्षमा पारेको छ । कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट (राजपा गुमायो), भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ र दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।

यसरी हेर्दा समग्रमा कांग्रेस एउटा वडाको नेतृत्व गुमाएको छ ।

यसअघि राजपाले जितेका ३ मध्ये एक वडा गुमाएको छ तर स्वतन्त्र वडाध्यक्ष भएको ठाउँमा जितेको छ । समग्रमा तीन वडामै उसको नेतृत्व छ ।

यस्तै समाजवादीले एक सिट थपेर तीन बनाएको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

हेर्नुहोस् चुनावी नतिजा

क्र.सं. गापा/नपाका वडा उपचुनावमा विजयी दल २०७४ मा विजयी दल
१. हिलिहाङ-७, पाँचथर कांग्रेस नेकपा
२. फिदिम-१, पाँचथर नेकपा कांग्रेस
३. धनपालथान-२, मोरङ कांग्रेस नेकपा
४. खाँदबारी-३, संखुवासभा नेकपा नेकपा
५. धरान-७, सुनसरी नेकपा
६. साकेला-३, खोटाङ नेकपा नेकपा
७. पौवादुङ्मा-१, भोजपुर नेकपा कांग्रेस
८. छिन्नमस्ता-७, सप्तरी राजपा राजपा
९. कल्याणपुर-१२, सिरहा नेकपा कांग्रेस
१०. मटिहानी-६, महोत्तरी राजपा राजपा
११. बलवा-८, महोत्तरी समाजवादी
१२. बलवा-२, महोत्तरी कांग्रेस कांग्रेस
१३. गढीमाई-२, रौतहट कांग्रेस राजपा
१४. सखुवाप्रसौनी-५, पर्सा समाजवादी समाजवादी
१५. हरिपुर्वा-१, सर्लाही समाजवादी नेकपा
१६. बारागढी-१, बारा समाजवादी कांग्रेस
१७. उमाकुण्ड-५, रामेछाप नेकपा नेकपा
१८. खैरहनी-४, चितवन कांग्रेस कांग्रेस
१९. खैरहनी-५, चितवन कांग्रेस कांग्रेस
२०. भरतपुर-१६, चितवन कांग्रेस नेकपा
२१. धुलिखेल-२, काभ्रे नेकपा नेकपा
२२. दक्षिणकाली-३, काठमाडौं नेकपा नेकपा
२३. इन्द्रावती-८, सिन्धुपाल्चोक नेकपा कांग्रेस
२४. बढीगाड-२, बागलुङ नेकपा नेकपा
२५. सुन्दरबजार-२, लम्जुङ नेकपा नेकपा
२६. बुङ्दीकाली-५, नवलपरासी नेकपा नेकपा
२७. मालारानी-३, अर्घाखाँची कांग्रेस नेकपा
२८. ऐरावती-१, प्युठान नेकपा
२९. ऐरावती-२, प्युठान जनमोर्चा
३०. प्युठान नगरपालिका-२, प्युठान नेकपा नेकपा
३१. घोराही-१६, दाङ कांग्रेस नेकपा
३२. कोहलपुर-६, बाँके नेकपा कांग्रेस
३३. रुरु-६, गुल्मी नेकपा नेकपा
३४. थवाङ-१, रोल्पा नेकपा स्वतन्त्र
३५. शिवराज नपा- १०, कपिलवस्तु राजपा स्वतन्त्र
३६. कुमाखमालिका-५, सल्यान नेकपा नेकपा
३७. आदर्श-२, डोटी नेकपा नेकपा
३८. मेल्लेख-५, अछाम नेकपा कांग्रेस
३९. पुरचौडी-४, बैतडी नेकपा नेकपा
४०. दोगडा केदार-४, बैतडी कांग्रेस नेकपा
४१. सुर्नया-१ बैतडी कांग्रेस कांग्रेस
४२. पुनर्वास-३, कञ्चनपुर नेकपा नेकपा
४३. त्रिवेणी-१ बाजुरा नेकपा कांग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment