+
+
Shares

भारत साग पुरुष भलिबलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १३:१०

१५ मंसिर, काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष भलिबल खेलको फाइल प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गरेको हो ।

भारतले पहिलो सेट २७-२५, दोस्रो सेट २५-१९ को सेटमा जित्यो भने तेस्रो सेट २१-२५ ले गुमायो । त्यसपछिको सेट २५-२१ ले जित्दै भारत उपाधिनजिक पुगेको हो ।

फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशबीच अर्को सेमिफाइनल खेल हुँदैछ । नेपाल भने पुरुष भलिबलमा समूह चरणबाटै बाहिरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?