Comments Add Comment

कास्की– २ मा विद्या भट्टराईलाई दोब्बर मतको अग्रता

१५ मंसिर, काठमाडौं । कास्की २ को उपनिर्वाचनको मतगणनामा नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई दोब्बर मतले अग्रता लिएकी छन् ।

भट्टराईले १५ हजार ५ सय ८ मत ल्याउँदा पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् ।

पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना हुँदा समाजवादी पार्टीका धर्मराज गुरुङले ९०२, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत पाएका छन् । विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छन् ।

अहिलेसम्म पोखरा महानगरको वडा नं ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ ।

कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment